एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ : कोरोना महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण जनजीवन असामान्य बनेकाले भौतिक रूपमा उपस्थित भएर परक्षा गराउनु नसक्ने अवस्था भएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी बोर्डले दिएको छ । बोर्डले यसअघि नै एसईईको परीक्षा जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट लिने तालिका सार्वजनिक गरेको थियो ।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको र कोरोना सङ्क्रमणदर निकै बढेका कारण अहिले देशैभरिका शिक्षण संस्थाहरु बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :