मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना विजयी

काठमाडौँ : लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गरेको छ । आइतबार राति भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एकएक गोल फर्काएका थिए ।

जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अङ्क जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अङ्कसहित १४ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :