नेकपा नेता माइला लामाद्वारा आस्थाका बन्दी-परिवारसँग भेटघाट

नेकपा नेता माइला लामाद्वारा आस्थाका बन्दी-परिवारसँग भेटघाट

सङ्खुवासभा : नेकपा नेता माइला लामाले राजनीतिक आस्थाका बन्दी–परिवारलाई भेटेका छन् । आफू बिहीबार धरौटीमा रिहा भए पनि आफूसँगै सङ्खुवासभा कारागारमा बन्दी जीवन बिताइरहेका आस्थाका बन्दीहरूलाई भेटेर नेकपा नेता लामाले छिट्टै खुला आकाशमा भेट हुने र आन्दोलनमा साथसाथै हुने पनि बताएका छन् ।

सङ्खुवासभा जिल्ला कारागारबाट दुई दिनअघि मुक्त भएका नेकपा नेता लामाले पार्टीका जिल्ला सेक्रेटरी युवराजलगायत नेताहरूका साथमा पोखरी बजारमा रहेका लेखबहादुर तामाङ, सञ्जय तामाङ, सन्तोष तामाङ, यानप्रसाद गौतम, सुजन विक र उनीहरूका परिवारका सदस्यहरूलाई भेटेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :