पार्टी महासचिव विप्लवका नाउँका कुनै पनि ‘आईडी’ सत्य होइनन् : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नाउँसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ ।

केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाउँ ‘नेत्रविक्रम चन्द विप्लव’ आईडी राखेर खोलिएका सबै फेसबुक अकाउन्ट नक्कली भएकाले अविलम्ब बन्द गर्न र आमजनसमुदायमा भ्रम नछर्न पनि अनुरोध गरेको छ ।

अब पनि पार्टी महासचिवका नाउँमा नक्कली अकाउन्ट खोलेर अटेर गरी प्रयोग गरेको पाइएमा पार्टीले त्यसलाई गम्भीर रूपमा लिने पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :