काठमाडौँका भित्ताभित्तामा नेकपाका नारा

काठमाडौँका भित्ताभित्तामा नेकपाका नारा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले कोरोना कहर लकडाउनका बीचमा पनि पार्टीको अभियानअन्तर्गत भित्तेलेखन कार्य जारी राखेको छ । काठमाडाैँको उत्तरपूर्वी भागमा पनि भित्तेलेखन सम्पन्न गरिएको जानकारी नेकपा शङ्खरापुर नगर सेक्रेटरी दोर्जेले दिए ।

भित्तेलेखन कर्यक्रममा नगरका युवा संयोजक रोज, रविलगायतको समूह लागिपरेको जनाइएको छ । पार्टी केन्द्रीय कार्यक्रमअनुसार कोरोनासँग डटेर जनताको माझ रहने पनि नेकपा काठमाडौँले जनाएको छ ।

काठमाडौँको आधार क्षेत्रका रूपमा रहेको शङ्खरापुर ६ जना सहिद जन्माउने क्षेत्र रहेको र जनयुद्धमा पनि सफलतापूर्वक चौकी कब्जा भएको काठमाडौँ जिल्ला इन्चार्ज जीवनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :