शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधन

शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधन

रुकुम पश्चिम : नेकपा रुकुम पश्चिमले पार्टी विशेष समिति तथा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ । जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाद्वारा जारी वक्तव्यमा एक क्रान्तिकारी योद्धाको मृत्युले पार्टीलाई अतुलनीय क्षति पुगेको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘माक्र्सवादी चिन्तक, बुद्धिजीवी, शैक्षिक आन्दोलनका अग्रणी तथा अभिभावक, मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी ६० वर्षीय क. टेकबहादुर पाण्डेको मृत्युको दुःखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्छौं ।’

पाण्डेको जिल्ला कोरोना विशेष अस्पताल सल्लेमा १६ गते राती १२ बजे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :