क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला

क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलाले संयोजक कुमार घिसिङ्ग सदस्यहरू टीका घिमिरे, नरबहादुर मगर, राजेश महर्जन, उमेश चौधरी, प्रकाश चौधरी र अमित शाहलाई निर्वाचित गरेको छ । त्यसैगरी अखिल नेपाल (क्रान्तिकारी) सिलाई मजदुर सङ्घको पनि सातौँ राष्ट्रिय भेला काठमाडौँको बागबजारमा सम्पन्न भएको खवर प्राप्त भएको छ । भेलाले मोहन घलेलाई संयोजक चयन गर्दै सह–संयोजक युबराज धामी, वरिष्ठ सदस्यहरू निरञ्जन नेपाली, जय परियार, जीवन दर्नाल, खडक परियार र सदस्यहरूमा कृष्ण परियार, सुनिल त्रिखत्री, श्रीधर सुन्दासलाई निर्वाचित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै महासङ्घको संयोजक बिनोद थापाले सिलाई गार्मेण्टमा काम गर्ने श्रमिकहरूले क्रान्तिकारी मजदुर आन्दोलनमा निभाएको उल्लेखनीय भूमिकाको स्मरण गराउँदै राजनीतिक क्रान्ति पूरा नभईसकेकोले अबको मजदुर आन्दोलनको नेतृत्व यो सङ्गठनले गर्नुपर्नेमा जोड दिँदै प्रतिक्रान्ति पछि सिलाई गार्मेण्टमा काम गर्ने मजदुरमाथि चरम शोषण भैरहेकोले कम्पनी मालिकहरूले फेरी अर्काे सङ्घर्षको माग गरिरहेको आभाष भएको बताउँदै बिगतमा गरिएका सम्झौता सहमतिबाट मलिकहरू पछि हटेकोले एकचोटी जुरमुराउने बेला आएको बताए ।

सो भेलालाई उपत्यका विशेष व्युरो संयोजक शिशिर थापामगरले सम्बोधन गरेका थिए । भेलामा भक्तपुर जिल्ला महासङ्घका सदस्य दिनेश नेपाल अतिथि थिए । उक्त भेलामा स्वागत मन्तव्य युवराज धामीले राखेका थिए

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :