अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाको जिल्ला भेला

अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाको जिल्ला भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासङ्घ धनुषाले शनिबार रामनगरामा जिल्ला भेला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा धनुषा जिल्ला इन्चार्ज जनक प्रमुख अतिथि थिए भने सोही जिल्ला सेक्रेटरी अर्जुन र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जनकपुर व्युरो संयोजक पदम मगर ‘बिहानी’ अतिथि रहेका थिए ।

जिल्ला भेलाबाट सभाध्यक्षको भूमिका निर्वाह गर्दै राजकुमार सदाको नेतृत्वमा बौना सदा, भुटन सदा, शावित्री देवी सदा, उर्मिला देवी मण्डल, अनिता देवी सदा, रीता मुखिया, र गर्भु राम सदस्य रहेका छन् ।

भेलालाई सम्बोधन जनक र अर्जुनले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य बिहानीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :