दलित मुक्ति मोर्चा, नेपाल बारा–पर्साको भेला सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल बारा–पर्साको भेला सम्पन्न

बारा : नेपाल कम्युनिस्ट पार्टीले बाराको पिलुवामा दलित मुक्ति मोर्चा, नेपाल बारा पर्साको प्रथम जिल्ला भेला सप्पन्न गरेको छ ।

दलित मुक्ति मोर्चा, नेपालका नारायणी व्युरो संयोजक धर्मराज वि.क.को प्रमुख अतिथ्यमा शनिबार १५ सदस्य सङ्गठनका पदाधिकारी चयन गरेको हो । सर्वसमितिबाट चयन भएका पदाधिकारीहरूमा अध्यक्ष सामेश्वर राम, उपाध्यक्ष शेरबहादुर पासवान, सचिव रोशन राजेश पासवान, सह–सचिव प्रेम पासवान, कोषाध्यक्ष पुनम परियार र सदस्यहरू प्रभु कुमार पासवान, सरोज पासवान, राजन पासवान, राम शरण दर्जी, राजु वि.क., सोनालाल महरा चयन भएका छन् ।

उक्त भेलालाई नेपाल कम्युनिस्ट पार्टीका बारा–पर्सा जिल्ला इन्चार्ज नयन र युवा संगठन नेपालका बारा जिल्ला अध्यक्ष निरज साहले सम्बोधन गरेको थिए ।

युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष निरज साह, नेकपाका जिल्ला सदस्य शिवा, जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य सुदर्शन राज पान्डे, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष लक्ष्मी तामाङ लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :