मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र रोनाल्ड अरुजोले एकएक गोल थपेका थिए । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो ।

जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अङ्कसहित १५ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :