युवा संगठन नेपाल भक्तपुरको दोस्रो बैठक सम्पन्न

युवा संगठन नेपाल भक्तपुरको दोस्रो बैठक सम्पन्न

काठमाडौँ: युवा संगठन नेपाल भक्तपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल भक्तपुर जिल्ला संयोजक कल बुढाको अध्यक्षतामा बुधबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष दिनेश, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला पार्टी इन्चार्ज विजय, युवा संगठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविनको उपस्थिति रहेको थियो ।

उक्त बैठकमा युवा संगठन नेपाल भक्तपुर जिल्ला सम्मेलन यही बैशाख २३ गते गर्ने निर्णय गरेको छ ।
अतिथिहरुले बैठकमा उपस्थित युवाहरुलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा र सामाजिक विकृति विसंगतिका विरुद्ध सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

साथै संगठनलाई युवा तथा जनमैत्री बनाउँदै एकीकृत जनक्रान्तिको राष्ट्रिय अभियानलाई निरन्तर अगाडि बढाउदै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको संघर्षमा युवा संगठन नेपालको भूमिकालाई सशक्त प्रभावकारी पार्नुपर्ने निर्देशनात्मक प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :