भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण

भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : भारतमा एकै दिन २ लाख ९४ हजार २९० जनामा कोरोना सङ्क्रमण भएको छ । २४ घन्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

पछिल्ला केही दिनयता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण हुँदै आएको भारतमा सोमबार २ लाख ७५ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ८२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ थप २ हजार २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :