अखिल (क्रान्तिकारी) दैलेखको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) दैलेखको १२ औँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : अखिल (क्रान्तिकारी) दैलेखको १२ औँ जिल्ला सम्मेलन आठबीस नगरपालिका १ सात्तालामा सम्पन्न भएको छ ।

सम्मेलन उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सचिवालय सदस्य हर्क विश्वकर्माले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।

नेकपा दैलेखका इन्चार्ज दीपेन्द्रले सरकारसँग ३ बुँदे सहमति भए पनि आफूहरुले संसदीय व्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनीतिक सङ्कटको समाधान संसदीय निर्वाचन र सरकार फेरबदलबाट नहुने उल्लेख गर्दै यसका लागि पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्था कुन रोज्ने भनेर जनमतसङ्ग्रह गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी दीप लामा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दैलेखकी अध्यक्ष उषा, अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) दैलेखका संयोजक सङ्केत, दलित मुक्ति मोर्चा नेपाल दैलेखका सचिव सन्दीप, पार्टी नेता क्रान्ति अतिथि थिए । कार्यक्रमको अध्यक्षता सुदर्शन, सञ्चालन लोकराज कार्की र स्वागत मन्तव्य महेन्द्रले गरेका थिए ।

१२ औँ जिल्ला सम्मेलनले सुदर्शन अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रममा ज्वाला सहिद स्मृति परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :