कोहलपुरमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ३८ घाइते

कोहलपुरमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ : बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने पाँच जनामध्ये चार जनाको सनाखत भएको छ भने एक महिलाको अझैँ पहिचान खुल्न सकेको छैन । शुक्रबार साँझ बाँके जिल्लाको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो भने ३८ घाइते भएका थिए ।

ज्यान गुमाउनेमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् भने एक महिलाको अझैँ सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :