छात्राहरूमाथि यौन दुव्यवहार गर्ने चौधरीलाई  कारवाही गर : अखिल (क्रान्तिकारी)

छात्राहरूमाथि यौन दुव्यवहार गर्ने चौधरीलाई  कारवाही गर : अखिल (क्रान्तिकारी)

गोरखा : अखिल (क्रान्तिकारी) गोरखाले सिरानचोक गाउँपालिका ७ मा रहेको जनकल्याण माविमा छात्राहरूमाथि शिक्षकले गरेको यौन दुव्यवहारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका अध्यक्ष गगन परियारले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत २९ गते आइतबार गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरीले १३ वर्षीय एक र १४ वर्षका ४ जना छात्रामाथि यौन दुव्यवहार गरेको भन्ने समाचार आएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । साथै उनले उक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न मागसमेत गरेका छन् ।

अखिल (क्रान्तिकारी गोरखाका अध्यक्ष गगन परियारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि नै विद्यार्थीहरूको हकहित र अधिकार र शैक्षिक क्षेत्रमा रहेका विकृति एवम् विसंगतिहरू विरुद्ध निरन्तर सङ्घर्षमा रहेको विषय सर्वविदितै छ । यसै सन्दर्भमा मिति २०७७ चैत २९ गते आइतबार गोरखाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेस्थित जनकल्याण माविका शिक्षक जलेन्द्र चौधरीले १३ वर्षकी एक र १४ वर्षका चार किशोरीलाई पढाउने क्रममा विभिन्न बहानामा डरत्रास देखाई पटकपटक अस्वभाविक यौनजन्य क्रियाकलाप गरेको कुरा सार्वजनिक भएको र आरोपित शिक्षक गिरफ्तार परेको हुनाले सत्यतथ्य छानविन गरी वास्तविक घटनालाई बाहिर ल्याउनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :