हाइड्रो तथा खानी मजदुर सङ्घको राष्ट्रिय समेलन सम्पन्न

काठमाडौँ:नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घको सातौँ राष्ट्रिय समेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । निर्वाचित हुनेहरूमा अध्यक्ष केशव बुढाथोकी, महासचिव जीवन शाही, सदस्यहरू राजेश थापा, रोशनकुमार शाही, जेनिस राई, किरण मगर, मिलन खड्का, दिलीप कर्ण र जीवनकुमार शाही रहेको सङ्घले जनाएको छ ।

सम्मेलनमा अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियन महासङ्घका संयोजक विनोद थापा र महासङ्घको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगरको उपस्थिति रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै संयोजक थापाले मजदुलाई उत्पीडन गर्ने दलाल व्यवस्था रहेसम्म श्रमिक मजदुरहरूले सुख र शान्ति नपाउने भएकाले आफ्नो व्यवस्था आफैँले चुन्न पाउने अधिकार मजदुरले पाउनुपर्ने बताए । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र अहिलेको समस्या हल गर्ने पनि उनले उल्लेख गरे । उक्त कार्यक्रमको सञ्चालन तथा अध्यक्षता केशव बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :