ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दोलखाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भेलाले जयबहादुर थामीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा कार्यालयको हलमा भएको भेलामा महासङ्घका व्युरो संयोजक जित थामी उपस्थित थिए ।

नेकपाका दोलखा जिल्ला सदस्य राजकुमार लामिछानेको सञ्चालनमा भएको भेलामा पदम थामीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :