नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औँ जिल्ला सम्मेलन पश्चात दोस्रो पूर्ण बैठक हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठकले नयाँ कार्ययोजनासहित सङ्गठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यतामा बसेको हो ।

बैठकका प्रमुख अतिथि वाटरले अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औँ जिल्ला सम्मेलन सम्पन्न गर्न सफल भएकोमा विद्यार्थी सङ्गठन र नव निर्वाचित कार्यसमितिलाई धन्यवाद दिनुका साथै बधाई तथा शुभकामना दिएका छन् । उनले सङ्गठनको कार्यदिशा तथा योजनालाई सम्पूर्ण विद्यार्थी हुँदै आम नेपाली जनतासम्म पुर्याउनका लागि नगर र ग्रामीण भेगका सम्पूर्ण स्कूल, कलेजहरूमा पुगि विद्यार्थीहरूलाई सङ्गठित गर्दै सङ्गठनलाई सुदृढ तथा मजबुद बनाउन अनुरोध गरे । वाटरले वैशाख १५ देखि १७ गतेसम्म हुँदै गरेको दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न र प्रत्येक जिल्ला समिति सदस्यहरू राजनीतिक तथा वैचारिक रुपमा स्पष्ट हुँदै वैज्ञानिक समाजवादसम्म पुग्ने एकीकृत जनक्रान्तिको मार्गमा सशक्त रुपमा लामवद्ध हुन पनि आह्वान् गरेका छन् ।

विवेक घलानको अध्यक्षतामा बसेको उक्त बैठक कार्य विभाजन, मास परिचालन, टीम व्यवस्थापनका साथै अन्य महत्वपूर्ण निर्णयका साथ समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :