एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

एमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गर्नका लागि वार्ता नगरेको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै रवीले जनताको इच्छा अनुसार वार्ता भएको बताए ।

इन्चार्ज रवीले भने, ‘हामीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउनु गलत थियो भन्ने सरकारलाई लाग्यो र हामीमाथिको प्रतिबन्ध फुकुवा गरिदियो । वार्ता गर्ने सरकारसँग हो । त्यसैले हामीले सरकारसँगै वार्ता गरेका हौँ । यसमा अन्यथा लिन हुँदैन ।’

उक्त जनभेला कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्द र उपाध्यक्ष तथा पूर्वसभासद् धिरिन्द्रा उपाध्ययलाई स्थानीय जनताले अभिनन्दन् गरेका थिए । स्थानीय बाजागाजासहित रास्कोट बजार परिक्रमा गराएर उनीहरूलाई अभिनन्दन् गरिएको हो । सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीचमा भएको वार्ताको विषयलाई लिएर जनतामा रहेका भ्रमहरूलाई हटाउँदै सुसूचित गर्न जनभेला कार्यक्रमको आयोजन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेम संघ (क्रान्तिकारी) की अध्यक्ष बन्दु चन्दले सरकारसँग वार्ता भएपछि धेरै निन्द्रा हराम भएको बताइन् । उनले भनिन्, ‘वार्ता पछि माओवादीहरूको ठेक्का लिएका केही कमरेडहरूको निद हराम भएको छ । खाना रुच्न छोडेको छ । कसै-कसैले त हुँदै नभएको हतियार र सेनामा पो मागे छन् । हामी वैकल्पिक शक्ति हुने भयौँ भनेर उहाँहरूलाई छटपटी भएको छ ।’ यसैगरी अनेमसंघ (क्रान्तिकारी) की उपाध्यक्ष धिरिन्द्रा उपाध्ययले महिलाहरूले अझैँपनि मुक्तिको शास फेर्न नपाएको बताइन् । महिलामाथि चार तहको पहाडले दवाइएको भन्दै त्यसको मुक्तिका लागि फेरी पनि संघर्ष गर्नु परेको उनको भनाई थियो ।

नेकपा कालीकोटले आयोजना गरेको कार्यक्रममा भेरी–कर्णाली जनसांस्कृतिक परिवारको वेजोड प्रस्तुति पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :