ट्रेड युनियन महासंघको बैठक सम्पन्न

ट्रेड युनियन महासंघको बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, मेची–कोशी क्षेत्रीय समितिको बैठक झापाको दमकमा सम्पन्न भएको छ ।

बैठकमा पार्टीका मेची–कोसी व्युरो इन्चार्ज प्रकाश प्रमुख अतिथि थिए भने फ्रयाक्सन इन्चार्ज सुमनसिंह पौडेल अतिथि थिए । बैठकले यहि बैशाख १८ अर्थात मे १ तारीखका दिन झापाको बिर्तामोडमा महासंघको विशाल भेला तथा राष्ट्रिय सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ ।

बैठकमा आफ्नो मन्तव्य राख्दै नेकपाका व्युरो इन्चार्ज प्रकाशले वास्तविक श्रमजीवी वर्गहरू अहिलेपनि पुँजीवादीहरूको दासका रूपमा मात्रै रहेको र पुँजीपती वर्गले मजदुरहरू माथि चरम शोषण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :