गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष खत्रीले शैक्षिक माफियाविरुद्ध अखिल (क्रान्तिकारी) ले एक ढिक्का भएर अघि बढ्नु पर्ने बताए । उनले विभिन्न नाम लुट्दै आएका लुटेराहरूलाई तह लगाउनुपर्ने समय आएको बताए । त्यस्तै नेकपाका नेता बसन्त गैरेले अखिल क्रान्तिकारी सङ्ठनका विद्यार्थी सदैव अग्रपंक्तिमा हुनुपर्ने र अनुशासित बन्नुपर्ने बताए । उनले यहाँका भ्रष्टाचारीलाई तह लगाउन अखिल क्रान्तिकारीले नै नेतृत्व गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारी रेसुङा नगर कमिटीका पदाधिकारी, नेकपाका नेता लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम अखिल क्रान्तिकारीका विद्यार्थी नेता राज खड्काको अध्यक्षता तथा दिपेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :