युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले लम्कीचुहा नगर भेला सम्पन्न गरेको छ । संगमको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गर्दै नगर भेला सम्पन्न गरेको हो ।

नगर भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख शिखर देउबा रहेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउबाले समाज रूपान्तरणको अभियानमा खरो भएर लाग्न युवाहरूलाई निर्देशन दिए । उनले पार्टी वैज्ञानिक समाजवाद स्थापनाको दिशामा क्रियाशील रहेको भन्दै पार्टी विरुद्ध प्रतिक्रियावादीले फैलाएको भ्रमको भण्डाफोर गर्न अनुरोध गरे । संसदीय व्यवस्थाका कारण देशमा विकास र समृद्धि हुन नसकेको भन्दै व्यवस्था परिवर्तन गर्न आवश्यक भएको र अब व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ थियो ।

युवा संगठन नेपाल कैलालीका अध्यक्ष पुष्प भट्ट ‘ओम’, लम्किचुहा नगर इन्चार्ज हृदय बोगटी, लम्किचुहा नगर सेक्रेटरी सेती लगायतका अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्दै नगर भेलाबाट सक्षम र जुझारू नगर समिति चयन गर्ने विश्वास व्यक्त गरेका थिए ।

उक्त भेलाले भ्रष्टाचार, लागूऔषध, कालोबजारी, तस्करी, भूमाफिया, कारोबार गर्नेलाई सशक्त कारवाही गर्नेसमेत निर्णय गरेको छ । साथै आम देशभक्त परिवर्तनप्रेमी युवाहरूलाई एकीकृत जनक्रान्तिका पक्षमा निर्धक्क भएर उभिन विशेष अपिलसमेत गरेको छ । सयौँको सङ्ख्यामा सहभागी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :