ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

कैलाली : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला सम्पन्न भएको छ । भेलाले खेमराज महताराको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

शुक्रबार सम्पन्न भेलामा ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक नरेन्द्र विश्वकर्मा प्रमुख अतिथि थिए । अन्य अतिथिहरूमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य पार्वती सिंह र मिना साउँद, ट्रेड युनियन महासङ्घ कैलालीका संयोजक पूर्ण खड्का, नेकपाका गोदावरी नगर इन्चार्ज रुपलाल देवकर लगायत उपस्थित थिए ।

भेलाबाट निर्वाचित प्रतिनिधिहरूलाई अतिथि नरेन्द्र विश्वकर्माले बधाई तथा शुभकामना दिँदै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र एकीकृत जनक्रान्तिद्वारा नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको यात्रामा मजदुर वर्गको मुख्य भूमिका रहने बताए । खगेन्द्र महताराको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पन्च महताराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :