समसामयिक प्रस्ताव पास गर्दै किसान महासंघको भेला सम्पन्न

समसामयिक प्रस्ताव पास गर्दै किसान महासंघको भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला विभिन्न निर्णय गरेको छ । भेलाले हरि श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कालीबहादुर शाही र कर्ण सेन, महासचिवमा सागर अर्याल, सचिवमा दाबा हिम्वो र सागर तामाङ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दिनेश निरौला चयन भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरूमा केशव थापा, रामबहादुर सिंह, झमन सिंह बलम्पाकी, विष्णु रिजाल, प्रेम धिताल, नन्द ओली, पासाङ्ग तामाङ्ग, प्रकाशचन्द्र ढकाल, ल्वाङ्ग सिङ्ग तामाङ्ग, श्याम घिमिरे, प्रेम तितुङ्ग, किनुनदेव शर्मा, रामराज पाण्डे, मनबहादुर गोले, विनोद पोख्रेल र प्रम कुवँर छन् ।

भेलाले केही महत्वपूर्ण राजनैतिक प्रस्तावहरू पास गरेको नवनिर्वाचित अध्यक्ष हरि श्रेष्ठले विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार किसान महासंघले दलाल तथा भुमाफियाका विरुद्ध आन्दोलन गर्दै कब्जा गरिएका जमिनहरू भूमाफियाको हातमा जान नदिने निर्णय पास गरेको छ । क्रान्तिलाई दाह्रोसँग समातेर उत्पादनमा व्यापक वृद्धि गर्ने, संगठनले आफैँ उत्पादनका काम गर्दै चक्रबृद्धि ब्याजका कारणले किसानको जमिन कब्जा गर्ने षड्यन्त्रलाई भण्डाफोर गरी सशक्त रुपमा खारेज गर्ने निर्णय पनि पास गरेको छ । यस्तै मल बिउ औषधी, सिचाईं बजार व्यवस्थापन तथा अनुदान सजिलोसँग किसानलाई उपलव्ध गराउन संघर्ष गर्ने र क्वारेनटाइन पास नगरी विदेशी कृषि उत्पादन देशभित्र प्रवेश गर्न नदिने कार्ययोजना पनि भेलाले पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :