नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर समितिको आयोजनामा ब्रह्मदेवमा जनजागरण कार्यक्रम अन्तर्गत जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली जीवनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै कञ्चनपुर जिल्ला इन्चार्ज जीवनले ब्रह्मदेव, कालापानी लगायतका देशका दर्जनौ ठाउँमा भारतीय साम्राज्यवादले सिमा अतिक्रमण गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट भई एकीकृत जनक्रान्तिमा सहभागी हुन आह्वान् गरे । उनले राष्ट्रियताको रक्षा, जनअधिकारको ग्यारेन्टी र भ्रष्टाचारको अन्त्य गरेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै आफ्नो पार्टीको एक मात्र लक्ष्य रहेको दाबी गरे । देशमा आफ्नो प्रतिनिधि छान्ने अधिकार जनताले पाए पनि व्यवस्था छान्ने अधिकार नपाएको भन्दै एकपटक व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने उनको भनाई थियो ।

नेकपा भिमदत्त नगर इन्चार्ज खडक धामीको सञ्चालनमा भएको कार्यक्रममा जनजागरण अभियानका सह–इन्चार्ज दिलिप, बैतडीको दोगडा केदार गाउँपालिका इन्चार्ज ऐरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :