अखिल (क्रान्तिकारी) गुल्मीले प्रधानाध्यापकलाई बुझायो मागपत्र

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीमा श्री महेन्द्र नमुना माविको मुल इकाई कमिटीले प्रधानाध्यापकलाई विभिन्न बाहानामा लिएको शुल्क फिर्ता गर्न मागपत्र बुझाएको छ । बुधबार मुल इकाई कमिटी गुल्मीका संयोजक राज खड्काले उक्त मागपत्र बुझाएका हुन् ।

मागपत्रमा भनिएको छ, त्याग, बलिदान, संघर्ष र बिजयको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघको रूपमा स्थापित हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदैव बिद्यार्थीहरूको हकहितका लागि लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ ।

यसै सन्दर्भमा जिल्ला कै उत्कृष्ट नमुना माबि कहलिएको यस महेन्द्र नमुना माबिमा पनि विद्यार्थीमाथि शोषण र लुट रहेको विद्यार्थीहरूको व्यापक गुनासो रहेकोले निम्न मागहरू पूरा गरिदिनको लागि यो मागपत्र पेश गरिएको छ , मागहरू – (१) लकडाउन अवधिको शुल्क तुरुन्त मिनाहा गरियोस्, (२) शैक्षिक प्रमाणपत्रहरू (character certificate, transcript, marksheets) मा लिइएको चर्को शुल्क तुरुन्त घटाइयोस्, (३) गयल शुल्क (absent fee) लिने व्यवस्था तुरुन्त खारेज गरियोस् र (४) छात्रवृत्ति समान रूपले वितरण गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :