जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

जिल्ला कारागार अछाममा कार्यकर्ता र पुनबीच भेटघाट

अछाम : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जिल्ला कारागार अछाममा राजबन्दी कर्याकर्ताहरूलाई भेटघाट गरेका छन् । विगत १८ महिनादेखि जेल जीवन बिताइरहेका ५ जना आस्थाका बन्दीहरूलाई भेटघाट गरेका हुन् ।

राजबन्दीहरूलाई भेटघाटको क्रममा नआत्तिन अनुरोध गर्दै नेता पुनले भने, “क्रान्तिले मान्छेलाई बर्बाद पार्ने होइन यसले मान्छेको क्षमता विकाससँगै समाजलाई नयाँ आकार दिनेछ । जेल आफैँमा विश्वविद्यालय हो यसले मानिसलाई राखेर संघर्षको मैदानमा स्पातिलो बनाएर लैजान्छ । हाम्रो संघर्ष र बलिदानी खेर जाँदैन हाम्रो योगदानले भावी पिँढीको भविष्य उज्ज्वल पार्नेछ ।” हामी नै यसको अन्त्यकर्ता हुनेछौँ भन्दै विश्वस्त पारेका थिए ।

सरकारसँगको सहमति अनुसार सबै नेताकार्यकर्ता रिहा हुने भन्दै चाँडै रिहाई हुने विश्वास व्यक्त गरे । रिहाईको प्रक्रिया अगाडि बढिसकेको र राजबन्दीहरुको समस्यामा पार्टीको ध्यान केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :