युवा संगठन नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलन

युवा संगठन नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलन

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

आइतबार जिल्लाको सिदिङ्वा गाउँपालिका आङ्खोपस्थित एक सभाहलमा “एकीकृत जनक्रान्तिका लागि संगठन सुदृढ तथा विस्तार गरौँ ! वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथो जिल्ला सम्मेलन सफल पारौँ !!” भन्ने मुल नाराका साथ विदुर शेर्पाको अध्यक्षतामा सुरु भएको उक्त सम्मेलनमा प्रमुख अतिथिका रूपमा संगठनका निवर्तमान उपाध्यक्ष एवम् चौथो रास्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेश रहेका थिए । त्यसैगरी अतिथिका रूपमा ताप्लेजुङ जिल्ला इन्चार्ज असल, युवा संगठन नेपाल मेची–कोशी व्युरो इन्चार्ज सुवाश राई, जिल्ला कमिटी सदस्य सक्कल लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको शुभकामना दिँदै प्रमुख अतिथि दिनेशले अहिलेको दलाल संसदीय व्यवस्थाले नेपाली युवाहरुलाई विदेशिन वाध्य पारेको र दासी बनाएको भन्दै दलाल संसदीय व्यवस्थालाई मिल्काएर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य रहेको र त्यसका लागि युवाहरू एकीकृत जनक्रान्तिमा लाग्नुपर्ने बताए । उनले राज्यले ३ बुँदे सहमति अक्षरस पालना गर्दै राजबन्दी रिहाई गर्नुपर्ने अन्यथा युवाहरुले सडकबाट संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

अतिथिहरुले शुभकामना दिने क्रममा राज्यले तिनबुँदे सहमति अनुरूप आफ्ना नेता कार्यकर्ता समयमै रिहा नगरे चरम संघर्ष गर्ने चेतावनी दिएका छन् । उक्त जिल्ला सम्मेलनले विदुर शेर्पाको नेतृत्वमा १९ जनाको जिल्ला कमिटीसमेत निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :