अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

रेसुङ्गा बहुमुखी क्याम्पसमा सुमन विकको अध्यक्षतामा ११ सदस्यीय र ओमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय कक्षा कमिटी गठन गरेको छ । यस्तै महेन्द्र माबि कक्षा ११ मा अशोक थापाको अध्यक्षतामा ११ सदस्यीय र कक्षा १२ मा बिमल गौतमको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।

राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलनलाई भब्य र सभ्य बनाउँनका निम्ति संगठनले गरेका विभिन्न खालका आन्दोलन, वर्तमान तथा भावी शैक्षिक रणनीतिहरु विद्यार्थीलाई सुनाउँदै कक्षामा प्रशिक्षण गर्दै गर्दा अर्घाखाँचीका अध्यक्ष नवीन खड्काले गुल्मीका विद्यालयहरुमा लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु इत्यादी अथवा विभिन्न बाहानामा लिएको शुल्कको बिरुद्धमा विभिन्न चरणबाट आन्दोलन गर्ने घोषणा गरेका छन् । साथै विद्यार्थी हकहितका लागि अखिल (क्रान्तिकारी) सदैव तयार रहेको बताएका छन् ।

उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी नेता गम्भीरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :