सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी सुनिल स्मृति गाउँ कमिटी रोल्पाको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । सुनिल स्मृति गाउँ कमिटी इन्चार्ज नृपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेकपा रोल्पा निवर्तमान जिल्ला इन्चार्ज सन्तोष सुवेदीको प्रमुख आतिथ्य, रोल्पा जिल्ला इन्चार्ज दिनेशबिक्रम चन्दको विशिष्ट आतिथ्यमा, जिल्ला सेक्रेटरी शोभाराम रानाको आतिथ्यता र गाउँ कमिटी सेक्रेटरी प्रदीप कुवरको सञ्चालनमा सम्पन्न भएको छ । अतिथिहरुबाट पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पारिएको थियो ।

त्यस्तै बैठकमा राजनीतिक बैचारिक, संगठन, आर्थिक लगायतका विभिन्न विषयहरुमा महत्वपूर्ण निर्णय गरिएको छ । उक्त गाउँ कमिटीमा दुई वटा ७/७ जनाको एकीकृत जनदिशा अभियान टोलीको गठन गरिएको छ । प्रशिक्षणले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाएको साथै सहभागीहरूले पार्टीको योजनालाई जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :