नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ : बजारमा उपभोग्य वस्तुको मूल्यले उपभोक्ताको ढाड सेकिरहेको बेला नेपाल आयल निगमले सर्वसाधारणमाथि भार थपेर फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएको मध्यरातबाट लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :