जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन र उनकी पत्नी अखिल नेपाल महिला सङ्घकी सेती–महाकाली ब्युरो संयोजक पूर्णिमा धामीले रक्तदान गरेका छन् ।

खुट्टा भाँचिएर एक सातादेखि सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी डोटीकी ६४ वर्षीया जमुनादेवी साउदका लागि पुनदम्पतीले रगत दिएका हुन् ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराइरहेकी जमुनादेवीको आर्थिक अवस्था कमजोर रहेको स्रोतले जनाएको छ । पुनदम्पतीले रगत दिएपछि पीडित जमुनादेवीको अप्रेसन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :