दैलेखका विभिन्न स्थानमा कोणसभा

दैलेखका विभिन्न स्थानमा कोणसभा

राकम कर्णाली : नेपाल कम्युनिस्ट पार्टी दैलेखले सरकारले नेकपासँग गरेको तीनबुँदे सहमति पालना गर्न माग गर्दै जिल्लाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ । यसैक्रममा जिल्लाको आठबीस नगरपालिकाको राकम कर्णालीमा कोणसभा आयोजना गरिएको नेकपाले जनाएको छ ।

राकममा आइतबार आयोजित कोणसभामा सम्वोधन गर्दै नेकपाका दैलेख इन्चार्ज दीपेन्द्रले दलाल संसदीय व्यवस्थाबाट देशमा शान्ति, स्थिरता र समृद्धि हुन नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जनमतसङ्ग्रहमा जानुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी ) दैलेखकी अध्यक्ष उषा, दलित मुक्तिमोर्चा दैलेखका सचिव सन्दीप, बुद्धिजीवी सङ्गठनका संयोजक क्षितिज र क्रान्तिको उपस्थिति थियो ।

लोगराज कार्कीले सञ्चालन गरेको कार्यक्रममा ज्वाला सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :