बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले प्रकाश खनालको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ ।

सम्मेलनमा सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्री उपस्थित थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई शैक्षिक क्षेत्रमा देखिएको निजीकरण, व्यापारीकरण, माफियाकरणका विरुद्ध निरन्तर सङ्घर्ष अगाडि बढाउन निर्देशन दिए ।

अखिल (क्रान्तिकारी) ले आउँदो जेठमा हुने राष्ट्रिय सम्मेलनलाई लक्षित गरी देशव्यापी सङ्गठन विस्तार, नगर सम्मेलन र जिल्ला सम्मेलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :