नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको प्रथम भेला सम्पन्न भएको छ । भेलाले गणेश पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको सचिव तलसिम खान मुसलमान, कोषाध्यक्ष बुद्धिराम यादव रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रि थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष संघप्रसाद थारुले उत्पीडित किसानहरुको हक अधिकार स्थापित गर्न एकीकृत संघर्ष आवश्यक भएको भन्दै किसानहरु संगठित हुन आवश्यक भएको बताए । उनले दलाल पुँजीवादले किसानहरुको शोषण गरिरहेको भन्दै वैज्ञानिक समाजवाद प्राप्ति नहुँदासम्म शोषण जारी रहने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई मन्तब्य राख्दै नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी शेरमानले कपिलवस्तुको किसान आन्दोलनलाई अगाडि बढाउन नयाँ टिमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै संघर्षबिना किसान अधिकार प्राप्ति नहुने बताए ।

भेलामा किसान महासंघ (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक कर्णसेन, नेकपा कपिलवस्तु नगरपालिका सेक्रेटरी मंगल थारू, मायादेवी गाउँपालिका सेक्रेटरी क्रिपाल कोरीले समेत किसान हकहित र आन्दोलनको बारेमा बोलेका थिए । क्रिपालको सञ्चालन र केशरी नन्दन कुर्मीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :