अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तारलाई तिव्रता दिँदै

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तारलाई तिव्रता दिँदै

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले जिल्ला सम्मेलन नजिकिएसँगै संगठन विस्तारलाई तिब्रता दिएको छ । डिहिडाँडामा रहेको चन्द्रप्रभा माबिमा शुक्रबार कक्षा ११ र १२ मा सुदिप नेपालीको अध्यक्षतामा २५ सदस्यीय र कक्षा ९ र १० मा सुन्दर भाटको अध्यक्षतामा २७ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष नविन खड्काले आफ्नो संगठनले लिएको एकीकृत जनक्रान्तिको अभियान मार्फत शैक्षिक नीति सम्भव भएको यस अभियानमा विद्यार्थीहरु सहभागी भएर इतिहासले दिएको युगिन जिम्मेवारी पूरा गर्नुपर्ने बेला आएकोले यसतर्फ लाग्न सबैलाई आह्वान् गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पदम नेपाली र सुनिल नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :