झापामा युवा संगठन मेची–कोशी व्युरोद्वारा अन्तरक्रिया

झापामा युवा संगठन मेची–कोशी व्युरोद्वारा अन्तरक्रिया

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेची–कोशी ब्युरोले “संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवाद स्थापनामा युवाहरुको भुमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार झापाको दमकस्थित किराँत भवनमा नेकपाका युवा नेता एवम् मेची–कोशी ब्युरो कार्यालय सचिव सुमनसिंह पौडेल प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा, नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव श्रीजंग, माधवकुमार नेपाल निकट युवा संघका १ नं. प्रदेश अध्यक्ष प्रत्र्युस राना, वैज्ञानिक समाजवादी पार्टीका युवा नेता नयन लिम्बु, क्रान्तिकारी माओबादीका जिल्ला नेता भिम लामा, गोपाल खम्बु नेतृत्वको माकेका नेता अर्जुन लामा, कर्णजित बुढाथोकी नेतृत्वको माकेका युवा संगठनका प्रदेश इन्चार्ज लुहार, नेकपा सुनसरी जिल्ला इन्चार्ज प्रविण मिश्र लगायतका वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अन्य राजनीतिक दलका सहभागी नेताहरूले अब देशमा संसदीय व्यवस्था असफल भएको बताउँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरू एक हुनुको विकल्प नरहेको बताएका छन् । कार्यक्रममा आफ्नो धारणा राख्दै उनीहरूले विभिन्न देशको उदाहरण दिँदै वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको र यसले नै देश र जनतालाई मुक्ति दिनेसमेत बताएका छन् ।

कार्यक्रममा युवा संगठन नेपालका व्युरो इन्चार्ज सुवास राईको अध्यक्षता रहेको थियो भने नेकपाका नेता एवम् सुनसरी जिल्ला इन्चार्ज प्रविण मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :