काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरो अन्तर्गत डि वानको युवा संगठन नेपालको प्रथम जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ ।
युवा संगठन नेपालका जिल्ला संयोजक रविन तामाङको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज पेमा तामाङको प्रमुख आतिथ्यता, युवा संगठन नेपालका नारायणी ब्युरो इन्चार्ज तथा संगठनका केन्द्रीय सदस्य बिरेन्द्र विशिष्ट आतिथ्यमा भएको सम्मेलनले रविन तामाङको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन नेपालको जिल्ला समिति निर्वाचित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज पेमा तामाङले अबको युवाहरूको काधमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा युवा संगठन नेपालका नारायणी ब्युरो इन्चार्ज तथा संगठनका केन्द्रीय सदस्य बिरेन्द्रले अहिलेको देशको बदलिँदो राजनीतिक परिस्थितिमा युवाहरुले बिग्रीएको देशको हालत बनाउने, जनताको खोसिएको अधिकार सुनिश्चित गराउने र मूल रुपमा देशको मुल व्यवस्था नै परिवर्तन गर्नुपर्ने जिम्मेवारी पूरा गर्न एक पटक युवाहरु मैदानमा उत्रनु पर्ने साहास गर्न अनुरोध गरे ।
पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादसम्म पुग्ने स्पष्ट कार्यदिशा बोकेको हुनाले दलाल पुजीवादी संसदिय व्यवस्था युवाहरुको तागतले खरानी हुने दाबी गरे । नेपालको राजनीतिक इतिहासमा नेपालमा अजर अमर ठानिएका शासन व्यवस्था राणातन्त्र, पन्चायत,राजतन्त्र जस्ता व्यवस्थाहरु एकपछि अर्को हुँदै जनताको तागतले ढालेको इतिहास हाम्रो सामु साक्षी भएको हुनाले एकीकृत जनक्रान्तिले पुँजीवादी व्यवस्थाको पनि अन्त्य हुने कुरामा विश्वस्त रहन र क्रान्तिमा होमिन सम्पूर्ण युवाहरुलाई अनुरोध गरे । त्यसको लागि एक घर एक युवा, एक टोल एक संगठन निर्माण गर्दै देशलाई एक पटक क्रान्तिकारी युवामय देश बनाउन आफूहरु लाग्ने जानकारी समेत गराए ।
अन्त्यमा सम्पूर्ण युवाहरुलाई जनसेवा र समाज सेवामा डटेर लाग्न अनुरोध पनि गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो जबस इन्चार्ज विकास, पार्टीकै डि वानका सेक्रेटरी किरण, धादिङ जिल्ला इन्चार्ज सितल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अनिशाले गरेका थिए ।