जनपत्रकार संगठनद्वारा सबै संघसंगठनहरुसँग छलफल गर्न तयार रहेको जानकारी

जनपत्रकार संगठनद्वारा सबै संघसंगठनहरुसँग छलफल गर्न तयार रहेको जानकारी

काठमाडौँ : जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको आसन्न निर्वाचनमा कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न तयार रहेको जानकारीसहित आव्हान गरेको छ ।

जनपत्रकार संगठन नेपालका संयाेजक शेर बहादुर विश्वकर्मा बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघको आसन्न निर्वाचनबारे संगठनको यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले आगामी निर्वाचनमा सहमतिय प्रणालीबाट निर्वाचन होस् र महासंघमा वैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साँच्चिकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत धारणाप्रति दृढ रहेको पनि बताएका छन् ।

प्रेस विज्ञप्तीकाे पूरा पाठ-

हामी पत्रकारहरुको साझा एवं नागरिक अगुवा संस्था नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनबारे हाम्रो धारणा सार्वजनिक गर्ने उद्देश्यले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१) जनपत्रकार संगठन नेपाल, आगामी निर्वाचनमा सहमतिय प्रणालीबाट निर्वाचन होस् र महासंघमा वैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साँच्चिकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत
धारणाप्रति दृढ रहेको छ ।

२) निर्वाचनमा कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघसंगठनहरुसँग छलफल र वार्ता गर्न हामी तयार रहेको कुरा जानकारी सहित आव्हान गर्दछौ ।

हार्दिक अभिवादनसहित
शेर बहादुर विश्वकर्मा
संयोजक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :