अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई विप्लवले सम्बोधन गर्ने

अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई विप्लवले सम्बोधन गर्ने

काठमाडौँ : अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन यही फागुन २४ गते १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरु हुन गइरहेको छ । कपिलवस्तुको शिवगढीमा दिउसो १२ बजेदेखि सुरु हुन गइरहेको उद्घाटन कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्न लागेका हुन् ।

“महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ सुरु हुन गइरहेको सम्मेलनको उद्घाटन समारोहमा पार्टीका महासचिव, जबसका प्रमुखहरु लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :