अखिल (क्रान्तिकारी) कास्कीले पोखरा महानगरपालिकामा माग पात्र बुझायो

अखिल (क्रान्तिकारी) कास्कीले पोखरा महानगरपालिकामा माग पात्र बुझायो

कास्की : केन्द्रीय संघर्षको कार्यक्रम अनुरुप अखिल (क्रान्तिकारी) कास्कीले छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि अनिवार्य तालिमको ब्यबस्थापनको माग राख्दै पोखरा महानगरपालिकामा माग पत्र बुझाएको छ ।

मागपत्रमा राष्ट्रियता, जनतन्त्र एवम् जनजिबीका र शैक्षिक रुपान्तरणका निम्ति निरन्तर संघर्षरत छ । संसदीय व्यवस्थामा उत्पन्न पछिल्लो सङ्कट अर्थात संसद विघटन र पुनः स्थापनासम्म आउदा जनताको निमित्त न हर्ष न बिष्मातको अवस्था छ । राष्ट्र एकपछि अर्को सङ्कटको भुमरीमा भासिदै गएको छ । जनताको जीबन दिनानुदिन सङ्कट र असन्तुष्ट बन्दै गइरहेको छ । राज्यको जवाफदेहीता सुन्यप्राय छ ।

आज वर्गीय, क्षेत्रीय, जातीय, लिङ्गीय, धार्मिक तथा साम्प्रदायिक उत्पिडनले देश आक्रान्त बनिरहेको छ । महिला हिंसा, बलात्कार, हत्याले सिमा नाघेको अवस्था छ । महिला माथिको निरन्तरको लिङ्गीय उत्पिडनका कारण महिला हक अधिकार र सशक्तीकरणको पक्ष कमजोर बनिरहेको कुरा स्पष्ट नै छ । यति मात्रै होइन आज नागरिकको वैयक्तिक स्वतन्त्रता र सुरक्षा सामाजिक सुरक्षा, सामाजिक न्याय र न्यायिक स्वतन्त्रताको सवालमाथि गम्भीर प्रश्न खडा भएको छ । समग्रमा राज्यको भुमिका नै निष्प्रभावी छ ।

महिला माथिको घरेलु हिंसा, जबर्जस्ती करणी, बलात्कार र हत्याको प्रतिरोध गर्न स्वयम् महिलाहरु पनि सशक्त हुनुपर्ने मान्यता सहित महिलाहरुका निम्ति आत्मसुरक्षा एवम् प्रतिरोध तालिमको प्रदान गर्न जरुरी भएको छ ।

यस किसिमका अमानवीय क्रियाकलापको प्रतिरोधका लागि उक्त पालिका अन्तरगतका सबै स्कुलहरुमा छात्राहरुलाई आत्मसुरक्षा सम्बन्धि तालिमको अनिवार्य व्यवस्थाका साथै हरेक टोलटोलमा महिलाहरुलाई आत्मसुरक्षा सम्बन्धि सचेतना सहितको तालिम सञ्चालन गर्न मागको लागि उक्त माग पत्र पेस गरेको कास्की जिल्ला अध्यक्ष पुरन पुनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :