सहिद सप्ताह २०७७ : गोर्खामा रम्तेल स्मृतिसभा तथा दिप प्रज्वलन

सहिद सप्ताह २०७७ : गोर्खामा रम्तेल स्मृतिसभा तथा दिप प्रज्वलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गोर्खाले सहिद सप्ताह २०७७ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । सहिद सप्ताहको पहिलो दिन अर्थात् जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको शहादत भएको दिन फागुन १४ मा नेकपा गोर्खाले रम्तेल स्मृतिसभा तथा दिप प्रज्वलन गरेको छ भने फागुन १४–२१ को बीचमा सहिद तथा बेपत्ता परिवार र जनयुद्धका घाईते योद्धाहरूसँग भेटघाट र अन्तरकिया सम्पन्न गरेको छ ।

यसै क्रममा पार्टी महासचिवद्वारा हस्ताक्षर गरिएको केन्द्रीय समितिको सम्मान पत्र र सन्देश बोकेर जिल्लाको नेता तथा कार्यकर्ता सहिद र बेपत्ता योद्धाको घरघरमा पुगेर परिवारको स्थिति र भावना बुझेको छ । साथै सहिद तथा बेपत्ता योद्धाको परिवारले जनयुद्धको उद्देश्य पूरा नहुँदै प्रचण्ड, बाबुरामहरू थाकेको र हिजो सँगै काम गरेका साथीहरुलाई क्रान्ति गर्छु भन्दा प्रतिबन्ध गरेको हुनाले आफुहरु दुखित भएको, आफ्ना छोराछोरीको बलिदानलाई प्रचण्ड, बाबुरामहरू पटकपटक सरकारमा पुग्ने र प्रधानमन्त्री हुँदा समेत राज्यको तर्फबाट उचित सम्मान नमिलेको गुनासो गरेका थिए ।

जिल्ला पार्टी नेतृत्वले आफुहरु कुनै पनि हालतमा आजको व्यवस्थामा आत्मसमर्पण नगर्ने र हिजोको जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने एजेन्डा र कार्यदिशा नेपाल कमुनिस्ट पार्टीसँग नै भएको कारण सहिद, बेपत्ता र घाईते योद्धाहरूको बलिदान र समर्पण आफ्नो पार्टीको पुँजी भएको भन्दै खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेको समचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :