अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) ले जिल्लाका विभिन्न कार्यालायमा ज्ञापनपत्र बुझायो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, गौरिगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका लगायत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयमा बलात्कारपछि निर्मम हत्याहिंसाका, छुवाछूत जस्ता घटना बढेको र दोषीलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेकोले दोषीलाई कडा कारवाहीको माग समेत गरेको छ । साथै स्कुल कलेज पढ्ने छत्राको लागि आत्मरक्षाको निम्ति तालिम तथा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको पूर्णपाठ …

विषय : मागपत्र सम्बन्धमा ।

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै नेपालको समग्र शैक्षिक तथा राजनीतिक सवालहरुमा वलिदानीपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा यहाँलाई सर्वविधितै छ । नेपालमा विगतमा भएको महान् जनयुद्ध जनआन्दोलन लगायतमा जनताले ठूलो संघर्ष गरे पनि नेपालको सामाजिक रुपान्तरणमा रहेका गम्भीर प्रकारका समस्याहरुको अन्त्य हुन सकेन । समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरु, यथावत नै रहे । विगतमा विकृति, विसंगतिको रुपमा रहेको जातिय छुवाछुत तथा भेदभाव, महिला हिंसा, बलात्कार जस्ता जघन्य मानवता विरोधी अपराधका घटनामा कत्ति पनि सुधार आएन । पछिल्लो समय त झन् महिला तथा बालबालिकाहरुको सुरक्षाको अवस्था अत्यन्तै कमजोर बनेको छ । सरकारी उदासिनताका कारण चौतर्फी सामाजिक समस्याहरु देखिएका छन् । निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट, रुकुमको सोती काण्ड लगायत अबोध र निर्दोष छात्र छात्राहरुको बलात्कार र हत्या घटनाले त नेपाली समाजमा विद्यमान विकृतिलाई उदाङ्गो पारिदिएको छ । व्यक्तिगत सत्ता लिप्सा, भ्रष्टाचार, नाताबाद कृपावाद आदिमा केन्द्रित वर्तमान सरकार यस्ता घटनाको निरीह र लाचार साक्षी बनेको छ । यस्तो अवस्थामा हाम्रो संगठन अत्यन्तै गम्भीर रुपमा निम्न मागहरु प्रस्तुत गर्दछौँ ।

१. निर्मला पन्त, सम्झना कामी, भागरथी भट्टहरु बलात्कारपछि हत्या गरिएका प्रतिनिधि घटनाहरु मात्रै हुन् । निर्मला पन्त लगायत देशभर महिला तथा छात्राहरुमाथि भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिन ठोस् पहल गरियोस् ।

२. स्थानीय निकायमा रहेका स्कूल कलेजमा पढ्ने छात्राहरुको आत्मारक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :