कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालिकोटमा जनयुद्ध दिवसको रचनात्मक सप्ताह कार्यक्रम सम्पन्न

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली व्युरो अन्तर्गत कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको आरसिसि बजारमा २६औँ जनयुद्ध दिवसको अवसरमा रचनात्मक सप्ताह अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कालीकोट जिल्ला सेक्रेटरी साहसीको अध्यक्षता तथा भेरी–कर्णाली जनसरकार प्रमुख विराटको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा भेरी–कर्णाली सदस्य कालीकोट जिल्लाका इञ्चार्ज रणदिप, जिल्ला सल्लाहकार समितिका संयोजक छत्र बहादुर बम, विद्यार्थी केन्द्रीय सदस्य प्रकाश वि.क. लगायतका अतिथिहरु सहभागी रहेका थिए ।

२६औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको रचनात्मक सप्ताह अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो । उक्त कार्यक्रममा देउडा प्रतियोगिता जिल्ला भरिका ७ समूह, दोहोरी ५ समूह, एकल गायन ७ समूह, मुक्तक ८ समूह सबैलाई ४ हजारका दरले पुरस्कृत समेत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि विराटले ‘अहिलेको सरकार सामाजिक दलाल तथा नाङ्गो फासीवादी चरित्र प्रदर्शन गरिरहेको साथै दिनप्रतिदिन राष्ट्रघात तथा जनघात गर्दै नेपाली जनताको भावना विपरित गइरहेकोले यो सरकार अब धेरै दिन नटिक्ने टिप्पणी समेत गरेका थिए भने अन्य अतिथिहरुले समसामयिक राजनीतिक विषयमा आफ्ना विचारहरु व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :