युवा संगठन नेपाल गुल्मीद्वारा सहिद परिवारलाई सम्मान

युवा संगठन नेपाल गुल्मीद्वारा सहिद परिवारलाई सम्मान

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको निकट युवा संगठन नेपालले गुल्मीमा सहिद–सप्ताहको सन्दर्भमा सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । युवा संगठन नेपालले महान् जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद मनोज तरामुको परिवारलाई भेटघाट तथा सम्मान गरेको हो ।

सहिद तथा बेपत्ता योद्धाहरुसँग परिवारजनको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान् सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको युवा संगठन नेपाल गुल्मीले बताएको छ । सम्मान कार्यक्रममा सहिद मनोज तरामुको बुबा नरबहादुर तरामुको अध्यक्षता र युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इन्चार्ज विश्लेषणले जनयुद्धका महान् सहिदहरुको सपना अधुरो रहेको भन्दै उनीहरुका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी गर्नुपर्ने बताए ।

भेटघाट तथा सम्मान कार्यक्रममा युवा संगठन नेपालका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । फागुन १४ देखि सुरु भएको सहिद सप्ताह कार्यक्रम फागुन २१ गतेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :