नेकपाद्वारा रूपन्देहीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा रूपन्देहीमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

बुटवल : सहिद–सप्ताहको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको छ । महान् जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान गरेको हो ।

सहिद तथा बेपत्ता योद्धाहरुलाई भेटघाट गर्ने क्रममा परिवारजनहरुको अवस्था, उनीहरुसँग राजनीतिक वैचारिक छलफल र महान् सहिदहरुका अधुरा सपनाहरुको बारेमा विमर्श गरेको नेकपा रूपन्देहीले बताएको छ । उक्त कार्यक्रममा नेकपा रूपन्देहीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ । सहभागी नेता तथा कार्यकर्ताहरूले सम्बोधन गर्दै जनयुद्धका महान् सहिदहरुको सपना अधुरो रहेको र उनीहरूका सपनाहरु साकार पार्न नयाँ क्रान्तिको थालनी भएको बताएका थिए ।

फागुन १४ देखि फागुन २१ गतेसम्म हुने सहिद सप्ताह कार्यक्रममा देशव्यापी सहिद, बेपत्ता तथा घाइते योद्धाहरुलाई भेटघाट तथा सम्मान गर्ने नेकपाले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :