दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ : नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा दाङको तुलसीपुरको अरनिको मैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल नाराका साथ उक्त मैदानमा फागुन १५ देखि १८ सम्म खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले बताएका छन् । प्रतियोगितामा सहभागी हुने प्रत्येक समुहलाई ५ हजार दर्ता शुल्क लाग्ने पनि उनले बताए ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रथम हुने समुहलाई नगद १ लाखसहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसैगरी दोस्रो स्थान हुने समुहलाई ५० हजार, तेस्रो स्थान हुने समुहलाई २५ हजार र चौथो स्थान हुने समुहलाई १५ हजार रुपैया नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई सम्मान स्वरुप ३/३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ ।

तुलसीपुरको अरनिको मैदानमा प्रतियोगिताको फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :