संगठन विस्तारमा नेकपा गोदावरी

संगठन विस्तारमा नेकपा गोदावरी

धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गोदावरीले संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई व्यापक बनाएको छ । पछिल्लो समय जिल्ला समितिको बैठकबाट इन्चार्ज र सेक्रेटरी परिवर्तन भएर आएपछि संगठन विस्तारलाई व्यापक बनाएको हो ।

फागुन १ गते जनयुद्ध दिवस कै अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको नगर समितिले र सोही दिन अखिल नेपाल महिला संघ क्रान्तिकारीको एरिया भेला सम्पन्न भएको थियो । पार्टीका वडा कमिटी पुनर्गठन र विस्तारको काम समेत सम्पन्न गरेको नगर इन्चार्ज अविनाशले जानकारी दिए । पछिल्लो समय पार्टीप्रति आकर्षण र जनअपेक्षा बढ्दै गएको र स्थानीय जनताका समस्या समाधान गर्न स्थानीय पार्टीलाई नै सक्षम बनाएर परिचालन गर्न खोजिएको उनले बताए ।

नगर इन्चार्ज अविनाश, सेक्रेटरी प्रकाश, साजन लगायतको नेतृत्वमा अभियान सञ्चालन गर्दै जनताका आधारभूत समस्या समाधान समेत गर्ने गरेको अविनाशले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :