युवा संगठन नेपाल कैलालीको घोडाघोडी नगर अध्यक्षमा : इश्वरी

युवा संगठन नेपाल कैलालीको घोडाघोडी नगर अध्यक्षमा : इश्वरी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले इश्वरीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गर्दै घोडाघोडी नगर सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी कैलालीका सल्लाहकार धर्ती रहेका थिए भने अन्य अतिथिहरूमा युवा संगठनका कैलाली जिल्ला संयोजक ओम भट्ट, पार्टीका घोडाघोडी नगर इन्चार्ज भक्ति सिंह, सेक्रेटरी अर्जुन लगायत रहेका थिए ।

सम्मेलनलाई सल्लाहकार धर्ती र संयोजक भट्ट लगायतले सम्बोधन गरेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै स्थानीय स्तरमा हुने अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध देशभक्त युवाहरूले शसक्त संघर्ष गर्नुपर्ने बताए । विकृत्ति विसंगति, तस्करी जस्ता अपराधीक क्रियाकलाप गर्नेलाई युवा संगठनले कारवाही गर्ने समेत घोषणा गरे ।

उक्त कमिटीको उपाध्यक्षमा नरेन्द्र धानुक, सचिव निरज क्षेत्री, सहसचिव मनोज चौधरी र कोषाध्यक्ष सन्तोष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :