जनयुद्ध दिवसको अवसरमा चलाउने र चौधरीबीच जनवादी बिवाह

जनयुद्ध दिवसको अवसरमा चलाउने र चौधरीबीच जनवादी बिवाह

काठमाडौँ : २६ औँ महान जनयुद्ध दिवस कैलालीले विभिन्न गाउँ, नगरकमिटीमा भब्य रूपमा मनाएको छ । धनगढी उप–महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कैलाली जिल्ला सेक्रेटरी करन रहेका थिए भने सञ्चालन एरिया सेक्रेटरीले गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी करनले जनयुद्धकै कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र जनयुद्धका बाँकी कार्यभार एकीकृत जनक्रान्ति मार्फत पूरा गर्न आम जनसमुदायलाई एकीकृत जनक्रान्तिमा होमिन अपिल समेत गरे ।

यसैगरी गोदावरी नगर कमिटीले पनि नगरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको तेस्रो भेलासहित २६ औँ जनयुद्ध दिवस मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि महिला संघ क्रान्तिकारीकी जिल्ला संयोजक सृष्टि र अतिथि नगर इन्चार्ज रुपलाल थिए । उक्त भेलाले कल्पनाको संयोजकत्वमा १३ सदस्यीय कमिटी निर्माण गरेको छ । कार्यक्रमको सञ्चालन सुस्माले गरेकी थिइन् ।

यसैगरी लम्किचुवा तथा जानकी नगर कमिटीले पनि जनयुद्ध दिवस भब्य रूपमा सम्पन्न गरेको छ । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका घाइते तथा अपांग समाजका पुर्व केन्द्रीय अध्यक्ष प्रर्वतको प्रमुख आतिथ्यतामा बिशिस्ट अतिथि, हृदय, अतिथि बिनिता, भानु थिए भने कार्यक्रममा घाइते अपाङ्ग समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि प्रर्वतलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा लोकेस चलाउने र रबिना चौधरी बीच जनवादी बिवाह सम्पन्न गरेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै भजनी नगर कमिटी, कैलारी गाउपालिका, घोडाघोडी नगरपालिका, टिकापुर, जोशीपुर, बर्दगोरिया लगायतका स्थानहरुमा २६ औँ महान जनयुद्ध दिवस मनाएको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :